ताजा खबर :- महिला वा पुरुष सबैको चाहना हुन्छ कि आफ्नो ओठ गुलाबी होस् । तर दैनिक दिनचर्याको कारण हामी कयौँ यस्ता गल्तीहरू गर्ने गर्छौं, जसको कारण ओठमा कालोपन बढ्न थाल्छ । यदि तपाईले यी गल्तीहरू कम गरेमा यस समस्याबाट सहजै बँच्न सकिन्छ । ब्यूटी एक्सपर्ट्सका अनुसार, ओठ कालो बनाउने यी ६ गल्तीहरू यस्ता छन् ।

१-अत्यधिक चुरोटको सेवन
चुरोटमा पाईने निकोटिन ओठको त्वचालाई जलाउन सक्छ । यसले ओठ कालो हुनथाल्छ ।
२-अत्यधिक कफी पिउनु
दिनभरिमा २ वा ३ पटक पिउनु सामान्य मानिन्छ तर योभन्दा बढी पिउँदा यसमा पाईने कैफिनले ओठलाई बिस्तारै-बिस्तारै कालो बनाउन थाल्छ ।
३-अत्यधिक एन्टीबायोटिक औषधीको सेवन
लगातार एन्टीबायोटिक औषधीको सेवनले शरीरमा यसको नकारात्मक असर पर्न थाल्छ । यसको कारण ओठ कालो हुनसक्छ ।
४-केमिकल प्रोडक्ट्सको प्रयोग
केमिकलयुक्त लिप बाल्म लगाउँदा ओठलाई नकारात्मक असर पर्छ । यस अवस्थामा ओठ कालो हुनसक्छ ।
५-कम पानी पिउनु
कम पानी पिउँदा डिहाइड्रेशनको समस्या हुनसक्छ । यसको कारण ओठ सुख्खा हुने र ओठमा कालोपन बढ्छ ।
६-ओठलाई दाँतले टोक्नु
कतिपय मानिसको दाँतले ओठ टोक्ने बानी हुन्छ । यसको कारण ओठमा सुख्खापन आउँछ । यसले ओठ कालो हुनसक्छ ।

तपाईको प्रतिक्रिया