खगेन्द्र दाहाल, नेपालगन्ज १८ असोज । नेपालगन्जमा अबैध रुपमा भित्र्याइदै गरेको बोइलर कुखुरा प्रहरीले बरामदपछि आफै गायव बनाएको रहस्य खुलेको छ । मध्यान्ह नेपालगन्जको जेलरोडबाट साइकलमा भि¥याइएका करिव तीन दर्जन बोइलर कुखुरा प्रहरीले बरामद गरेको थियो । बरामद गरिएका कुखुराहरु प्रहरीले अहिलेसम्म पशु क्वारेन्टाइनमा नबुझाएको क्वारेन्टाइन कार्यालयका पशु प्राविधिक अमर बहादुर शाहीले वताए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले साइकलसहित कुखुरा बरामद गरेको थियो ।

प्रहरीले आफ्नो  बा २ झ २१५ नम्वरको भ्यानमा साइकल र कुखुरा लोड गरेको थियो । मध्यान्ह साढे १२ बजे लोड गरिएको कुखुरा प्रहरीले पशु क्यारेन्टाइन नपु¥याई बाटोबाटै गायव गराएको रहस्य खुलेको छ । कुखुरा अबैध भए÷नभएको चेकजाँच गरी पुष्टी क्वारेनटाइन कार्यालयले गर्दै आएको छ । तर क्वारेन्टाइनमा नबुझाएर प्रहरीले बाटोबाटै गायव गर्नुलाई क्वारेन्टाइनका कर्मचारीहरुले पनि आश्चर्य मानेका छन् । नेपालगन्जका मासु पसलमा विक्रि गर्न लुकाई छिपाई दिनहुँ भारतीय कुखुरा भित्रने गरेका छन ।

तपाईको प्रतिक्रिया