ताजा खबर :- गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई सलाद, फल वा पिज्जा, पास्ता र गार्लिक ब्रेडको साथै चटपटे चीज बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ तर यसको यो १० स्वास्थ्य लाभ सायद तपाईलाई अझै थाहा नहुन सक्छ ।

१-रुघाखोकी कालो मरिजको सेवनले रुघाखोकी समस्याबाट आराम दिन्छ । राती सुत्नुअघि एक चम्मच मह र अदुवाको रसको साथमा कालो मरिजको सेवन गर्दा कफ कम हुन्छ । चियामा मिलाएर पिउँदा पनि लाभदायक हुन्छ ।

२-क्यान्सरबाट बचाउँछ यूनिभर्सिटी अफ मिशीगन द्वारा गरिएको एक स्टडीको अनुसार, कालो मरिजमा पिपेरीन नामक रसायन हुन्छ, जसले क्यान्सरसँग लड्न मद्दगार हुन्छ । रिपोर्टको अनुसार, यदि कालो मरिजलाई बेसारको साथमा सेवन गरेमा यसको असर अझ धेरै हुन्छ । विशेषगरी यो महिलाहरूमा ब्रेस्ट क्यान्सरको रोकथामको लागि राम्रो हुन्छ ।

३-मांशपेशीको दुखाई कालो मरिजमा पाईने पिपेरीनको कारण रक्तसंचार बढ्छ । यसबाट मांशपेशीको दुखाईमा आराम मिल्छ । तेललाई हल्का गरम गरी यसमा कालो मरिज मिलाउनुहोस् । यसले ढाड र काँधमा मालिश गर्नुहोस् । गठिया रोगमा पनि कालो मरिज निकै लाभदायक सावित हुन्छ ।

४-पाचन प्रक्रियामा फाइदा कालो मरिजको कारण पेटमा हाइड्रोक्लोरिक एसिड धेरै उत्पन्न हुन्छ, जसले पाचन प्रक्रियाका लागि मद्दतगार हुन्छ । यसबाट पेटमा दुखाई, पेट फुल्ने र कब्जियतको समस्याबाट आराम मिल्छ । यदि तपाईलाई एसिडिटी र ग्यास्ट्रिकको समस्या छ भने रातो खुर्सानीको खानुहुँदैन । कालो मरिजको प्रयोग गर्न शुरू गर्नुहोस् ।

५-अनुहारमा चमक मोटो पिसेको कालो मरिजलाई चीनी र तेलको साथमा मिलाएर यसलाई अनुहारमा मालिश गर्नहोस् । यसले अनुहारलाई सफा राख्नुको साथै रक्तसंचार पनि सन्तुलित हुन्छ र अनुहारमा निखार आउँछ ।

६-वजन सन्तुलित राख्नुहोस् एक सोधको अनुसार, कालो मरिज शरीरको बोसो कम गर्न सहयोगी हुन्छ । यसबाट पाचन प्रक्रिया सन्तुलित हुन्छ र कम समयमा अधिक क्यालोरी खर्च हुन्छ । साथै यो शरीरबाट टोक्सिन्सलाई निकाल्न सहयोगी हुन्छ ।

७-सुन्दर कपालको लागि यदि तपाईको कपालमा चायाको समस्या छ भने दहीमा कालो मरिज मिलाएर टाउको मालिश गर्नुहोस् । आधा घण्टापछि पानीले यसलाई धुनुहोस् । तुरुन्त श्याम्पूको प्रयोग गर्नुहुँदैन । यसबाट चाया कम हुने र कपाल चम्किलो बन्छ । ध्यान राख्नुहोस् कि अधिक कालो मरिज सेवन गर्नुहुँदैन ।

८-दाँत बलियो हुन्छ गिजा सुन्निने र श्वासबाट दुर्गन्धको आउने समस्या छ भने थोरै नून र थोरै कालो मरिजलाई पानीमा मिलाएर यसलाई गिजामा लगाउनुहोस् । पानीको साटो यदि ल्वांगको तेल प्रयोग गर्नुहुन्छ भने असर थप चाँडो देखापर्छ ।

९-डिप्रेशनमा फाइदाजनक कालो मरिजको प्रयोगले शरीरमा सेरोटोनिन हर्मोन बन्छ, जुन राम्रो मुडको लागि जिम्मेवार हुन्छ । सेरोटोनिन को मात्रा बढ्दा डिप्रेशनमा निकै फाइदा मिल्छ । यसकारण आफ्नो दैनिक जीवनको आहारमा कालो मरिजको प्रयोग गर्नुहोस् र खुशी रहनुहोस् ।

१०-स्वादिष्ट हरेक चीजको स्वादलाई अझ स्वादिष्ट बनाउन कालो मरिजको सेवनले गर्न सकिन्छ । पश्चिमी देशमा अक्सर बिना स्वादवाला खान खाने गर्दछन् । यस अवस्थामा कालो मरिज मिसाउँदा मसलाको कमी हुँदैन ।

तपाईको प्रतिक्रिया