आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन । उत्पादन तथा मिति नभएका, औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन । कतिपय आयुर्वेदिक औषधिहरू विषाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि सेवन गर्नुपर्छ । सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ । कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ । तर, हर्बल प्रयोग गर्दा एलोपेथिक औषधि छोडेको पाइन्छ । त्यस्तो गर्न हुँदैन । छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ । कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्दछ । त्यसकारण कुन औषधि सेवन गर्ने या नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया