काठमाडौं, – महिलाहरुले आमा बन्ने बेलामा आफ्नो शरीरमा धेरै परिवर्तनको अनुभूति गरेका हुन्छन् । गर्भवती अवस्थामा महिलाको शारीरिक तथा मानसिक दुवै अवस्थामा परिवर्तन आउने गर्दछ ।

यस अवस्थामा हुने परिवर्तनका बारेमा महिलालाई राम्रोसित ज्ञान हुनु आवश्यक छ । विशेषगरी गर्भवती भएका बेलामा हुने सुरुवाती परिवर्तनका बारेमा महिलामा राम्रो ज्ञान भयो भने यसले महिलालाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ । गर्भवती अवस्थामा आउने सुरुवातका केही परिवर्तन यहाँ प्रस्तुत गरिएको छ :

१ महिनावारी रोकिन्छ । यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो ।

२. सम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति हुन्छ । यस्तो अनुभूति लगभग सत्य हुने गरेको छ ।

३. महिलाको स्तनमा परिवर्तन आउछ । गर्भवती अवस्थामा महिलाको स्तन दुख्ने तथा संवेदनशिल हुने गर्दछ भने कहिलेकाहीँ स्तनको टुप्पामा कालो रङ देखापर्छ ।

४. सहजै थकान महसुस हुने गर्दछ । यस अवस्थामा शरीरका हर्मोनमा वृद्धि भैरहेकाले महिलामा चाँडै थाक्ने तथा गाह्रो महसुस हुने गरेको हो ।

५. बारम्बार पिसाब लाग्ने गर्दछ । यो अवस्थामा महिलाको पिसाब नलीमा पाठेघरले बढी चाप दिने भएकाले र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु निस्कने भएकाले महिलाहरुलाई गर्भधारणको ९ महिनासम्म बारम्वार पिसाब लाग्ने गर्दछ ।

६. बिहानीपख ज्वरो आउने तथा वाकवाक लाग्ने हुन्छ । गर्भवति अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यस्तो हुने गर्दछ । बिहानीपख लाग्ने वाकवाकी विशेष गरी पहिलो महिनामा हुने गर्दछ र विस्तारै घट्दै जान्छ ।

७. शरीर काम्ने तथा बेहोस हुने हुन्छ । यो अवस्थामा आमाले आफ्नो शरीरमा भएका प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमा कमजोर भएर काम्ने तथा बेहोस हुने गर्छिन् । यस्तो बेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खानुपर्छ ।

८. केही खानेकुरा खान मन पर्दैन । यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हँुदा त्यस्तो अनुभूति हुने गर्दछ । तर त्यसो भन्दैमा खान छोड्नु हुँदैन । केही वासना तथा गन्धदेखि एलर्जी हुन सक्छ । महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारण यस्तो हुने गर्दछ ।

९. कब्जियत हुन सक्छ । यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

१०. गर्भवती अवस्थामा महिलाको मन छिनछिनमा परिवर्तन हुन्छ । कहिलेकाहीँ उनीहरु ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक । १२. शरीरको तापक्रम एकदम बढ्ने गर्छ ।

११. ढाड दुख्ने गर्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाड दुख्ने समस्या आउने गर्दछ ।

तपाईको प्रतिक्रिया