ताजा खबर :- अमेरिकाको लास भेगसको एउटा सांगीतिक कार्यक्रममा एक बन्दुकधारीले गोली चलाउँदा मृत्यु हुने मानिसको संख्याको कम्तीमा २० पुगेको छ।

१ सयजनाभन्दा बढी घाइते भएको बताइएको छ।

प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाइएको छैन।

उक्त आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्।

बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ।

ती केटी साथीको नाम मारिलउ ड्यानले भएको बताइएको छ।

बन्दुकधारीले म्यान्डले बे होटल तथा कसिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ।

तपाईको प्रतिक्रिया