नेपालगन्ज १२ असोज । दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ । एकैपटक हजारौ हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ । दिनभरी लुकेर बस्ने फौजी किाराले रातभरि धानका बाला काट्ने गरेको कृषकहरु बताउँछन् । धान पाकेर घरमा भित्रायाउने बेलामा फौजी किराका कारण किसानहरु समस्यामा परेको राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारुले जानकारी दिनुभयो । राप्ती सोनारीको सबैभन्दा बढि ३ र ४ वडामा फौजी किराको संक्रमण देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले कृषकको खेतमा फौजी किराको संक्रमण भएको पुष्टि गरेको छ । हजारौ हेक्टरमा लगाएको धानबाली फौजी किराले नष्ट गरेको छ । सम्बन्धित निकाय मौन रहेको स्थानीय कृषकहरुको गुनासो छ । जिल्ला कृषि कार्यालयका कृषि प्राविधिक ओम प्रकाश शर्माका अनुसार जिल्ला कृषि विकास कार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा औषधी छिट्ने काम सुरु भएको बताए । राप्तीपारीका कृषकका खेतमा फाजी किराले पाकेको धान खाएर नष्ट गरेको उनले भने । यसपालीको बर्षातमा बाढी पसेको खेतमा फोजी किरा देखिएको हो ।

तपाईको प्रतिक्रिया