ताजा खबर सुर्खेत ११ असोज । सुर्खेतस्थित भेरी बबई डाइभर्सनमा दसैं, तिहारलगायतका बिदामा पनि काम गर्ने मजदुरलाई तेब्बर तलब दिइने भएको छ । आयोजनाका इन्जिनियर प्रकाश पुठासैनीले दसैंतिहारमा बिदा नलिई आयोजनामा काम गरे तेब्बर तलब पाउने सुविधा दिइएको हो । मजदुरले आम्दानी धेरै गरून् भनेर तेब्बर तलब दिन लागिएको उहाँले बताउनुभयो । पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी बनाउन लागिएको कामले गति लिएको छ । उक्त आयोजनामा अहिले दिनहुँ २४ घण्टा काम भइरहेको छ ।

१६ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजनामा भेरीको पानी सुर्खेतको रामघाटबाट बर्दियाको बेल्हवास्थित बबई नदीमा खसालिनेछ । रामघाटमा पावर हाउस निर्माण गरी कुल ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ भने बबई नदीमा खसालिएको पानीबाट करिब ५१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने लक्ष्य राखिएको पुडासैनीले बताए । सन् २०२० सम्म काम सक्ने गरी निर्माण कार्यको थालनी गरिएको भेरी बबई डाइभर्सनको काम दोस्रो चरणमा बर्दिया र बाँकेमा सिँचाइको संरचना निर्माण गरिने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया