नेपालगन्ज ११ असोज । बाँके र बर्दियामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ भने ३८ जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालीकामा जिरो भन्ने ठाउँनजिकै आज बिहान भएको बस दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १४ जना घाईते भएका छन् । बस अनियन्त्रित भई भएको दुर्घटनामा परि मृत्यु हुनेमा सोहि गाउँपाली वडा नं. ९ का १८ वर्षिय सन्जु चौधरी रहेका छन् । उता, बर्दियाको बासगढी नगरपालिकास्थित माछागढमा गएराती भएको ना ५ ख ४१५३ नंको बस दुर्घटनामा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् । यसैगरि, बर्दियाकै ठाकुरबाबा नगरपालिकामा गएराती भे ३ प ६०२२ नम्वरको मोटरसाइकल दुर्घटनामा परि नगरपालिकाको वडा नं. १० का ३४ बर्षिय सन्देश ज्ञवालीको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया