नेपालगन्ज ११  असोज । बडा दशैको अवसरमा बाँकेका १७ जना कैदीबन्दी रिहा भएका छन् । असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका १७ जना कैदी बन्दीहरुलाई बडा दसैंको अवसर पारेर कारागार कार्यालय नेपालगन्जले रिहा गरेको हो । जसमा एक जना महिलासमेत रहनुभएको छ । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, ज्यान मार्ने उद्योगका ३, सवारी ज्यान मुद्दामा ३, बहुबिबाह ४, डाकाचोरीमा ३ जना गरी १७ जनालाई उनीहरुको आफन्तको जिम्मा लगाइएको जेलर श्याम लामिछानेले बताए ।

रिहा हुनेहरुमा नेपालगन्जका निलम सोनी, सदाम राई, नौवस्ताका चित्रबहादुर शाह, टेकबहादुर रोकाया, नौवस्ताकै चन्द्रबहादुर हमाल, उढरापुरका जगदेव खटिक रहेका छन । त्यस्तै कचनापुरका जयराम रोकाय, सुशिला राना, कोहलपुरका विष्णुनाथ योगी, राज केसी, बकटुवाका रामबहादुर थारु र भद्रबहादुर सुनार, खजुराखुर्दका कालुराम सुनार पनि रिहा भएका छन । बागेश्वरीका कमल कार्की, बर्दिया गुलरियाका भगौती लोध, दैलेख बिसल्लाका दिपककुमार शाही र भारत बहराइका बब्लु इद्रिसीलाई पनि रिहा गरिएको जेलर लामिछानेले वताए ।

तपाईको प्रतिक्रिया