गुलरिया, बर्दिया, ११ असोज (रासस) :- वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।

वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया