अधिवक्ता सुजित के.सी

ताजा खबर :- पोखरा छिर्ने बित्तिकै एउटा ठूलो चोक छ, जहाँ ०६३ अघि पृथ्वीनारायण शाह र ०६४ पछि सहिद लखन थापाको सालिक थियो अहिले पनि पोखरा बजार छिर्ने त्यस मुल चोकलाई पृथ्वीचोक भनिन्छ त्यस चोकमा पृथ्वी नारायण शाहको सालिक भएको हुँदा त्यसलाई पृथ्वीचोक भनिएको थियो तर त्यहाँ २०६३ साल पछि पृथ्वी नारायण शाहको सालिक छैन् ०६२०६३ को जनआन्दोलनमा  पृथ्वी नारायण शाहको सालिकलाई  फालिएको थियो जनआन्दोलनमा २४० वर्षको सामन्ती सत्ताको प्रत्येक मानी आक्रोषित जथ्थाले उनको सालिक भत्काएका थिए २०६४ पछि राजनितिक सहमतिका आधारमा उक्त चोकमा नेपालको पहिलो सहिद लखन थापाको सालिक राखिएको हो फेरि हालसालै लखन थापाको पनि सालिकलाई बाटो विस्तारको नाममा हटाईएको छ सालिकलाई मध्यरातमा हटाईएको हो लेखनाथ नगरपालिकाले साँघुरो चोकमा ठूलो ठाँउ ओगटेको सालिकलाई हटाई सानो ठाँऊमा उक्त सालिकलाई पुर्नस्थापना गर्ने बताएको छ विगतलाई हेर्ने हो भने त्यहाँ पृथ्वीनारायण शाहको सालिक रहेकोमा उक्त सालिकलाई हटाएर सहिद लखन थापाको सालिकलाई राख्नु कत्तिको सान्र्दिभक हो ?

राष्ट्र निर्माता पृथ्वी नारायण शाह

पृथ्वी नारायण शाह राष्ट्र निर्माता हुन् अंग्रेजको औपनिवेशिक विस्तारवादले भारत वर्षमा प्रवेश गरेकै ताका पृथ्वीनारायण शाहले नेपाललाई एउटै शासन शुत्रमा बाधि विशाल र शक्तिशाली राष्ट्र बनाउने उद्देश्यका साथ एकीकरण अभियान शुरु गरेका थिए उनले शुरु गरेको एकिकरण अभियानले नेपाललाई पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पु¥याएको थियो पछि सन् १८१४ मा अंग्रेजसँग भएको युद्ध पश्चात छलपूर्ण सुगौली सन्धिका कारण मेची महाकालीमा सिमित भएको हो नेपाल आजसम्म कुनै पनि शक्ति राष्ट्रको उपनिवेशन नहुनुमा पृथ्वीनारायण शाहको योगदान रहेको बुझ्न सकिन्छ पुरै ईन्डियालाई गुलाम बनाएको भारतले नेपाललाई उपनिवेशन बनाउन सकेको थिएन् त्यस कारण पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपमा सम्मान गरिन्छ तर कथित जनआन्दोलनको नाममा विभिन्न जाती जनजातीहरुलाई प्रयोग गरि ऐतिहासिक महत्वका सालिकहरुलाई तारो बनाईयो कुनै पनि नेपाली जातीले पृथ्वीनारायण शाहलाई विस्तारवादी राजा मान्नु अत्यन्त गलत कुरा हो जसको कारणले नेपाल उपनिवेशन हुनु परेन्, हाम्रो गौरव र हाम्रो धर्म संस्कृति परम्पराको समेत रक्षा भयो उसैलाई गाली गर्नु अतिवादी सोच उपज मात्र हो ऐतिहास नबुझेका र विदेशीबाट प्रयोग भई देशलाई जातीय द्वन्द तर्फ धकेल्न खोज्ने व्यक्तिहरुले गरेका घृणित षड्यन्त्र हो

पहिलो सहिद लखन थापा मगर

त्यस्तै लखन थापा मगर नेपालका पहिलो शहिद हुन् उनलाई श्री ५ को सरकारबाट पहिलो शहिद घोषण गरिएको हो उनी पुरानो गोरखा गणका कप्तान थिए राणाको निरङ्कुश शासन विरुद्ध विद्रोह गरेका कारण उनलाई वि.सं १९३३ मा मनकामना मन्दिर परिसरको रुखमा झुण्डाएर मारिएको थियो नेपाली जनताको हक हित र न्यायका लागि बहादुरी पूर्वक आफ्नो जिवनको आहुति दिने विर शहिदको योगदानलाई कहिले कसैले पनि अवमुल्यान गर्नु हुँदैन् उनी भारत स्वतन्त्रताको समर्थक पनि हुन् अंग्रेजलाई जंगबहादुरले भारतमा भएको विद्रोहमा सहयोग गरेका कारण पनि लखन थापा जंगबहादुर विरुद्ध गएका हुन् लखन थापा भारतमा अंग्रेज उपनिवेशको विरुद्ध पनि थिए

के लखन थापा, मगर जाति वा जनजातीहरुको मात्र सहिद हो ? के पृथ्वी नारायण शाह बाहुन र क्षेत्रीको लागि मात्र राष्ट्र निर्माता हुन् ? हामी नेपालीले यी दुवै राष्ट्रिय विभूतिलाई सम्मान गर्नु पर्दछ जातीयता जस्तो संकुचित सोचबाट माथी उठ्नु पर्दछ आज पोखरामा लखन थापाको सालिक हटाईदा अपमानित महसुस गर्ने जनजातीले त्यति बेला पृथ्वीनारायण शाहको सालिक किन ढालेका ? नेपाल र नेपालीको रक्षार्थ आफ्नो पुरैै जिवनलाई नै समर्पित गरेका राष्ट्र निर्मातको सालिकलाई हटाईनु नै गलत थियो फेरि अहिले सहिद लखन थापाको सालिक हटाईनु पनि गलत हो सहिद लखन थापा, पृथ्वीनारायण शाहद्वारा निर्मित नेपाली सेना भएको र पृथ्वीनारायण शाहले जस्तै अंग्रेजको औपनिवेशिक विस्तारवादको घोर विरोधी भएको तथ्यलाई समेत दृष्टि गर्दै उक्त स्थानको नाम पृथ्वी नारायण शाहको सालिक रहेको कारणबाट पृथ्वीचोक रहन गएको र विगतमा भएको गल्लीलाई सच्चाउन सक्ने एउटा अवसर समेत भएको हुँदा उक्त चोकमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक राखियोस्  

तपाईको प्रतिक्रिया