सौरभ यादव राजविराज, ११ असोज । सप्तरी सहित देशभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा सयौँ बिरामीहरु बिचल्लीमा परेका छन् ।डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयकको बिरोधमा सप्तरी सहित मुलुकभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा हजारौ बिरामीहरुलाई समस्या खेप्नुपरीरहेको छ । विगत पाँच दिनदेखि सप्तरीको एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको ओपिडी सेवा ठप्प हुँदा सप्तरी सहित छिमेकी भारतको विभिन्न स्थानका हजारौ बिरामीहरु उपचारको लागि भौतारिरहेका छन ।

डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयक बनाउने सरकारको तयारीको विरोधमा रहेको नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द हुँदा हजारौं बिरामीहरु जिवन मरणको दोधारमा रहेको गुनासो बिरामीहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया