उर्लाबारी, मोरङ, ११ असोज (रासस) ः उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० नंको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका– १० बस्ने ४० वर्षीय मदन आचार्यको मृत्यु भएको हो ।

फाईल फोटो

मंगलबार अपराह्न पिकअपको ठक्करबाट गम्भीर घाइते उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेकाले खोजी भइरेहको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया