ताजा खबर :- स्वास्थ्य र सुन्दरताको लागि बेसारको कयौँ फाइदा छन् र एन्टीबायोटिकको रूपमा पनि बेसारको प्रयोग गरिन्छ तर सबैको लागि बेसार त्यति नै फाइदाजनक हुन्छ भन्ने चाँही हुँदैन । केही यस्ता अवस्था छन्, जसमा बेसारको प्रयोग निकै खतरनाक सावित हुनसक्छ । ती कुन-कुन स्थिति हुन्, जसमा बेसारको प्रयोग गर्ने हुँदैन, जान्नुहोस् ।

१- गर्भावस्थामा वा शिशुको जन्मने समय सम्म बेसारको प्रयोग महिलाको लागि हानिकारक सावित हुनसक्छ । बेसारले महिनावरीमा रुकावट, गर्भाशयलाई उत्तेजित वा सक्रिय गर्नमा पनि महत्वपूर्ण भूमिका निभाउँछ । बेसारको प्रयोग टेस्टोस्टेरोनको स्तरलाई कम गर्नमा पनि सहायक हुन्छ

२- यदि तपाईलाई पित्ताशयमा पत्थरी छ भने बेसारको उपयोग गर्दा अतिरिक्त दुखाई उत्पन्न गर्न सक्छ । यसकारण पित्ताशयमा पत्थरी हुँदा बेसारको प्रयोग भोजनमा एकदमै कम गर्नुहोस् र दुखाईबाट आराम पाउनुहोस् । किड्नीमा पत्थरी हुँदा पनि बेसारको प्रयोगले यसलाई बढाउन मद्दत गर्छ ।

३- पुरुषहरूले बेसारको अधिक प्रयोग गर्दा शुक्राणुमा कमी ल्याउने कार्य गर्छ । यस स्थितिमा तपाई यदि परिवारको योजना बनाउँदै हुनुहुन्छ भने बेसारको बढी प्रयोग गर्नुहुँदैन ।

४- बेसारको प्रयोगले ग्लूकोजको स्तरलाई कम गर्ने काम गर्छ, जसले रोगीले  रगतमा ग्लूकोज कम हुँदै गरेको महसूस गर्छन् । यसको अर्थ हो, मधूमेह रोगीले बेसारको प्रयोग गर्न अनुमति छ तर सीमित मात्रामा सेवन गर्न सक्नुहुन्छ ।

५- यदि तपाईले कुनै प्रकारको सर्जरी गर्नुभएको छ भने तपाईले बेसारको प्रयोग गर्नुहुँदैन । यसको प्रमुख कारण यो छ कि बेसारले रगतको थेक्लो बन्नबाट रोक्छ । यस कारणले सर्जरीको समय वा पछि अतिरिक्त रगत बग्न सक्छ ।

तपाईको प्रतिक्रिया