ताजा खबर :- मुखबाट दुर्गन्ध आउने विभिन्न कारणहरू हुन्छन् । हाम्रो अस्वस्थकर आहारको कारण मुख गन्हाउने हुन्छ । कयौँ पटक तपाईको मुखबाट दुर्गन्ध आउँछ, जसको कारण मानिसहरू तपाईबाट टाढा नै रहन चाहन्छन् । यो तपाईको लागि निकै लज्जित हुनुपर्ने अवस्था हो र साथै कसैसँग तपाई खुलेर बोल्न चाहँदा पनि नराम्रो अनुभव हुनसक्छ । यदि तपाईको मुखबाट दुर्गन्ध आउँछ भने यसको कारण र केहि सजिलो उपचार जानी राखौँ ।

दुर्गन्ध आउने समस्यालाई कम गर्नको लागि यसको कारण बारे जानकारी राख्न निकै आवश्यक हुन्छ । खाद्य पदार्थको सेवन वा केही रोगहरूले मुखको दुर्गन्धको कारण हुनसक्छ । यसको जानकारी राख्नुहोस् ।

१- गिजाको रोग, शरीरमा जिंकको कमी वा डायबिटीजको कारण मुखबाट दुर्गन्ध आउन सक्छ । यसको लागि जिंकले भरिपूर्ण चीजहरू खानुहोस् र मुखलाई सफा राख्नको लागि समय-समयमा कुल्ला गरिरहनुहोस् ।

२- अधिक मसालेदार खाना, प्याज, लसुन, अदुवा, ल्वांग, कालो मरिजको सेवन मुखको दुर्गन्धको कारण बन्न सक्छ ।

३- यदि तपाई अधिक समयसम्म खाली पेट बस्नुहुन्छ भने मुखबाट दुर्गन्ध आउने कारण बन्न सक्छ ।

४- सन्तुलित रूपमा पाचन नहुँदा र पेट खराब हुँदा पनि मुखबाट दुर्गन्ध आउन सक्छ । यसको लागि आवश्यक छ कि खाना खाईसकेपछि हिड्ने र पाचक चीजको सेवन गर्नुहोस् ।

५- सौफ, पिपरमिन्ट, इलायची, भुटेको जीरा, धनियाँ आदि प्राकृतिक माउथ फ्रेशनर छ,न् जसको सेवन पश्चात् र अन्य समयमा पनि चपाउनुहोस् । यसले मुखको दुर्गन्ध कम हुन्छ ।

तपाईको प्रतिक्रिया