ताजा खबर :- दैनिक कामकाजमा हामि केही यस्ता गल्तीहरू गर्ने गर्छौं, जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी गल्तीको कारण, मुटु रोग, क्यान्सर, उच्च रक्तचाप र मृगौला सम्बन्धित रोगको आशंका बढ्छ । चिकित्सकका अनुसार, यस्ता १० गलत बानी छन, जसको कारण हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पर्छ ।

यी बानी छोड्नु नै राम्रो उपाय हो ।

१- नंग टोक्नु

दिनहुँ दाँतले नंग टोक्ने बानीले दाँत र नंगको वरिपरीको त्वचा नष्ट हुनथाल्छ । नंगको माध्यमले ब्याक्टेरिया पेट सम्म पुग्छ, जसले इन्फेक्शनको खतरा बढ्न सक्छ ।

२- अनिन्द्रा

राती अबेर सम्म नसुत्ने बानीले तनाव बढ्छ । यसले उच्च रक्तचाप, मुटुरोग, मधूमेह र डिप्रेशन जस्ता समस्याको आशंका बढाउँछ ।

३- अधिक खाना खानु 

अधिक खाना खाँदा मोटोपन बढ्छ । वजन धेरै हुँदा शरीरमा कोलेस्ट्रोल स्तर बढ्छ, जसले मुटुलाई नोक्सान पुर्याउँछ ।

४- पानी कम वा धेरै पिउनु

दिनभरिमा ८ देखि १० गिलास भन्दा कम पानी पिउँदा शरीरमा जमेको टोक्सिन्स निष्कासन हुन सक्दैन । यसको किड्नी फंक्शनमा नकारात्मक असर पर्छ, जसले किड्नी स्टोनको समस्या हुनसक्छ ।

५- अत्यधिक औषधीको सेवन

हरेक सानो-सानो समस्यामा पनि एन्टीबायोटिक वा अधिक पेनकिलर्सको सेवन गर्ने बानीका कारण किड्नीमा नकारात्मक असर पर्छ । अति आवश्यक नहुँदा यस्ता औषधीको सेवनबाट बँच्नुहोस् ।

६- अधिक नूनको सेवन

अधिक नूनको सेवनले उच्च रक्तचापको समस्या हुनसक्छ । यसले किड्नी ड्यामेज र हार्ट अट्याकको खतरा कयौँ गुणा बढ्छ ।

७- बढी अल्कोहलको सेवन

अत्यधिक अल्कोहलको सेवन गर्दा उच्च रक्तचाप, हाइ ब्लड फैट्स र हार्ट फेलको समस्या हुनसक्छ । यसबाट प्राप्त हुने क्यालोरीले वजन पनि बढ्छ, जुन मुटुको लागि राम्रो मानिदैन ।

८- धुम्रपानको सेवन

सुर्तीजन्य पदार्थको सेवनले रगत जम्छ । यस अवस्थामा शरीरको रक्तसञ्चार सन्तुलित हुन सक्दैन र हार्ट अट्याकको आशंका बढ्छ ।

९- लामो समय बसिरहनु

लामो समय सम्म लगातार बसिरहँदा बोसो कम हुने प्रक्रिया ढिलो हुन्छ । यस्तो अवस्थामा वजन बढ्ने वा मुटु रोगको समस्या हुनसक्छ ।

१०- छिटो-छिटो खाना खानु

छिटो-छिटो खाना खाने बानीले पाचन प्रक्रिया सन्तुलित हुँदैन । यसको कारण कब्जियत, एसिडिटी र मोटोपनको समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया