ताजा खबर :- हाम्रो शरीरको गतिविधि एवम् कामकाजको अवस्थामा विभिन्न किसिमको आवाज आउँछ । यहाँ सम्म कि सुतेको स्थितिमा पनि हाम्रो शरीरबाट केही अनौठा आवाज आउँछ । यसमा जोर्नीबाट आवाज आउनु, श्वास लिँदा घ्वारघ्वार आवाज आउनु, नाकबाट सिटीको आवाज आउनु, घुर्ने, पेट गडगडाउनु, जस्ता आवाज आउँछ ।

यी सबै आवाजले के संकेत दिन्छ, के तपाईलाई थाहा छ? चिकित्सकका अनुसार, यी आवाजले विभिन्न गम्भीर स्वास्थ्य समस्याको संकेत गर्दछन् । अधिकांश मानिस शरीरको यी आवाजलाई वेवास्ता गर्ने गर्दछन् । तर यसलाई विशेष रूपमा ध्यान नदिँदा समस्या बढ्न सक्छ । आज हामी यी आवाजको संकेतले कुन-कुन स्वास्थ्य समस्यालाई दर्शाउँन सक्ने विषयमा चर्चा गर्दैछौँ, जुन स्वास्थ्य समस्याहरू यस्ता छन् ।

१- घुर्नु

घाँटीको मेम्ब्रेनमा रुकावटको कारण घुर्ने समस्या हुन्छ । यसबाट स्लीप एप्निया, डायबिटीज र स्ट्रोकको खतरा बढ्न सक्छ ।

२- जोर्नीबाट आउने आवाज

जोर्नीमा लिक्विडको कमीले यस्तो हुनसक्छ । लामो समयसम्म यसो हुँदा गठिया वा आर्थराटिस हुनसक्छ ।

३- पेट गडगडाउनु

पाचन प्रक्रियाको कार्यमा पेटबाट आवाज आउँछ । यदि सूजन र दुखाई पनि छ भने कलेजोसँग सम्बन्धित समस्या हुनसक्छ ।

४- बंगाराको आवाज

माथिल्लो र तल्लो बंगाराको अलाइनमेन्ट खराब हुँदा यस्तो हुनसक्छ । बंगारा अचल हुनसक्ने समस्या हुनसक्छ । यस अवस्थामा चिकित्सक कहाँ जाँच गराउनु पर्दछ ।

५- नाकबाट सिटीको आवाज आउनु

रुघाखोकी वा साइन्सको कारण यो आवाज आउन सक्छ किनभने कार्टिलेजमा रुकावटको कारण यस्तो हुनसक्छ ।

६- कानमा सनसनाहट

कानबाट फंगल इन्फेक्शनको कारण आवाज आउन सक्छ । टिनिटस नामक कानको रोगको कारण पनि कानबाट आवाज आउँछ ।

७- छातीमा घरघराहट

फोक्सोमा इन्फेक्शन वा एलर्जीको कारण यस्तो आवाज आउँछ । लामो समयसम्म आवाज आउनुको कारण अस्थमा पनि हुन सक्छ ।

तपाईको प्रतिक्रिया