पोखरा, १० असोज (रासस) : पोखरा–लेखनाथ महानगरपालिका–१४ रातोडाँडास्थित विक्रम थापाको बन्दै गरेको दुईतले घरको तल्लो तलामा वायरिङ गर्ने क्रममा करेन्ट लागेर आज अपराह्न ३ः३० बजे एक पुरुषको मृत्यु भएको छ ।

भारत घर भई महानगर–१४ बस्ने २२ वर्षीय मोसाव आलमलाई करेन्ट लागी पल्ँिटदा टाउकामा गहिरो चोट लागेको र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा आधा घण्टापछि निजको मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ । प्रहरी कार्यालयले उक्त ठाउँमा प्रहरी टोली खटाई थप अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया