ताजा खबर :- चुरोटको सेवन गर्दा हुने सम्पूर्ण नोक्सान बारे थाहा पाउँदा-पाउँदै अधिकांश मानिस यसलाई नियमित बानीमा समावेश गर्दछन् । चिकित्सकहरू बताउँछन्, चुरोटको कारण हाम्रो शरीरको हरेक अंगमा नोक्सान पुर्याउँछ । ब्रेन देखि लिएर फोक्सो, मुटु, कलेजो, मृगौला र यहाँ सम्म कि हाम्रो डीएनए मा पनि यसको प्रतिकूल असर पर्न सक्छ । जति चाँडो तपाई चुरोटको लत छुटाउनुहुन्छ, त्यति नै धेरै फाइदा लाभदायक हुन्छ।

चुरोटको सेवनले के-के नोक्सान हुन्छन्?

-चुरोटको धुवाँमा निकोटिनको साथै २०० भन्दा बढी किसिमको विषाक्त तत्व हुन्छ ।

-चुरोटमा पाईने तत्व हाम्रो शरीर भित्र प्रवेश गरी अंगहरूलाई नोक्सान पुर्याउँछ

-चुरोट सेवन गर्ने व्यक्तिको स्पर्म काउन्ट र क्वालिटी कमजोर हुन्छ ।

-चुरोट सेवन गर्ने व्यक्तिको फोक्सो, मुटु, मृगौला, र कलेजोसँग सम्बन्धित रोगहरू हुने खतरा बढी हुन्छ ।

-चुरोट सेवन गर्ने व्यक्तिको अनुहारमा चाउरीपना चाँडो देखिन्छ र कपाल झर्ने समस्या पनि हुनथाल्छ ।

-चुरोट सेवन गर्ने मानिसहरूलाई कम उमेरमै बुढेसकाल लाग्न सक्छ ।

 

चुरोट खान छोड्ने बित्तिकै हुने फाइदाहरू-

१- सिगरेट सेवन गर्ने मानिसको स्पर्म काउन्ट र क्वालिटी कमजोर हुन्छ । यसको सेवन नगर्दा फर्टिलिटी बढ्छ ।

२- चुरोटको सेवनले शरीरमा अक्सिडेशन बढाएर बुढेसकाल तर्फ धकेल्ने प्रक्रिया तीव्र हुन्छ । यदि तपाईले तुरुन्त चुरोट खान छोड्नु भयो भने यस समस्याबाट बँच्न सकिन्छ ।

३- चुरोटमा २०० भन्दा बढी टोक्सिन्स हुन्छ । चुरोट खान छोड्ने बित्तिकै यो विषाक्त पदार्थ जम्मा हुँदैन र शरीर डिटक्स हुन्छ ।

४- चुरोट सेवन गर्ने मानिसलाई क्यान्सरको खतरा बढ्छ । यसको सेवन गर्न छोडेमा क्यान्सरको खतरा ५०% कम हुन्छ ।

५- चुरोट सेवन नगर्दा शरीरमा कार्बन मोनो अक्साइड कम हुन्छ र अक्सीजन लेभल बढ्छ, जसले मस्तिष्क स्वस्थ हुन्छ ।

६- चुरोटको सेवन नगर्दा त्वचामा रगत र अक्सीजनको प्रवाह बढ्छ र साथै त्वचा सम्बन्धित रोगहरूबाट बँच्न सकिन्छ ।

७- चुरोटको सेवन नगर्ने मानिसको केही वर्षमै हार्ट अट्याक र फोक्सो क्यान्सरको खतरा चुरोट सेवन गर्ने मानिसको तुलनामा ५०% घट्छ ।

८- चुरोट सेवन गर्ने व्यक्तिको ओठ र दाँत कालो हुन्छ । चुरोटको लत कम गरेमा बिस्तारै-बिस्तारै यसको रंग सुन्दर एवम चम्किलो हुँदै जान्छ ।

९- चुरोटको लतमा लागेको मानिसहरू ऊर्जावान हुँदैनन् । चाँडो थकान महसूस गर्दछन । यदि यसको लत समयमै छोडेमा तपाई जाँगरिलो एवम् ऊर्जावान रहन सक्नुहुन्छ ।

१०- चुरोट सेवन गर्दा रक्तचाप र मुटुको धड्कन बढ्छ । चुरोट सेवन गर्न बन्द गर्नुहोस् र तुरुन्त यी दुवै समस्याबाट छुटकारा पाउनुहोस् ।

तपाईको प्रतिक्रिया