ताजा खबर :- नेपालगन्ज १० असोज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले मंगलबार देखि बाढीपीडितहरुलाई नगद राहत बाड्न सुरु गरीएको छ । साउन २८ गतेराती आएको बाढीका कारण प्रभावित परिवारका लागि गाउँपालिकालाई प्राप्त ७ करोड २२ लाख रुपैंया वितरण सुरु गरीएकोे गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । गाउँपालिकाका नौ वटै वडाहरुबाट रकम वितरण गरिने अध्यक्ष थारुले बताए । बाँकेमा बाढीबाट प्रभावित भएकाहरुका लागि १४ करोड रुपैंया बजेट निकासा भएको छ । सरकारले प्रतिव्यक्ति २ हजार १ सय रुपैयाँ राहत वितरणका लागि रकमको निकासा गरेको हो । नगद राहत रकम पाउने भएपछि पीडितहरुलाई दसैं मनाउन केही सजिलो हुने भएको छ ।

तपाईको प्रतिक्रिया