ताजा खबर :- १६.८५% लाभांश पारितआज मिति २०७४।०६।०९  गते  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो   ११औँ    वार्षिक साधारण सभा श्री बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न भयो । यस अवसरमा  २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३÷७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ । . सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट आफ्ना  शेयरधनीहरुलाई  करीब १६Þ.८५ प्रतिशत बोनस  शेयर तथा नगद लाभांश दिने भएको छ । यस आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा बैकको चुक्ता पूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण  पश्चात् बैंकको चुक्ता पूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात्  रु १,१०,७४,७०,३४६।( बोनस शेयर  तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुजीँको करीब ०.८५ प्रतिशत अर्थात्  रु ५,८२,८७,९१३।( नगद लाभांश एघारांै  साधारण सभाले पारित गरेको छ ।उक्त साधारण सभा बाट श्री प्रकाश चन्द्र मैनाली र श्री विजय ध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्र्वा्चित हुनु भएको छ ।AGM

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक  बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार  ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.। साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु  साथै कुनै  पनि शाखाबाट रकम  झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि   उपलब्ध गराउँदै आएको छ ।सभाका अध्यक्षज्यूले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउनु भयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया