काठमाडौँ । नेपालिहरुको महान चाड भित्रीदै गर्दा नेपाली संगीत बजारमा पनि पर्व विशेष गीत निकाल्ने गरिन्छ । दशै नजिकिदै गर्दा कलाकार र अडियो भिडियो निर्माता कम्पनिलाई यतिखेर दशै तिहार विशेष गीत तथा म्युजिक भिडियो निकाल्न भ्याई नभ्याई छ । यसै क्रममा दशै तिहारलाई लक्षित गर्दै “परदेशिले छुट्टी पाएन भन्नी” बोलको गीतमा म्युजिक भिडियो सार्बजनिक भएको छ । विशेषगरि बिदेश बसेर परिश्रम गर्ने नेपालिहरुको मर्मलाई बुझेर यो गीत निकालिएको हो । उक्त गीतमा चर्चित गायिका पुर्णकला बि शि को सुमधुर स्वर छ भने उनलाई भिम ज्वलन्त योगिले युगल गायनमा साथ दिएका छन ।

राम चन्द्र दाहाल र दिपेन्द्र मगरको शब्द रहेको छ भने गीतमा उनै रचनाकार राम चन्द्रले नै संगीत भरेका छन । सार्बजनिक गीतलाई लोक संगीत क्षेत्रमा अब्बल र क्रियाशिल महिला निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेकी छिन भने उनले निर्देशन गरेको अघिल्ला गीतहरुले चर्चा बटुली सकेको छ । देश छोडेर घर परिवार चलाउन बिदेश जान बाध्य नेपालिहरु चाडपर्वमा आफ्नो परिवार संगै रमाउन नपाउदाको पिडाभावको कथामा मोडल आशा खड्का र बिपेश घिमिरेले जिवन्त अभिनय गरेका छन । मुकेश हुमागाइ ले छायांकन गरेको भिडियोलाई अबिनाश डि सि ले सम्पादन गरेका छन भने प्रियशि म्युजिक प्रालिले गीत तथा भिडियोलाई बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया