नेपालगन्ज ०९ असोज । उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका डाक्टरहरुले आज जिल्ला प्रशासन कार्यालय बाँकेमा दुई घण्टा धर्ना दिएका छन् ।

सयबढी डाक्टरहरु विहान १० बजेदेखि अघि १२ बजेसम्म दुईघण्टा प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुको धर्नाले केहीबेर जिल्ला प्रशासन कार्यालयको कामकाज समेत प्रभावित भएको थियो ।

नेपाल चिकित्सक संघको अगुवाइमा आकास्मिक बाहेक अन्य सेवा ठप्प पारेर तीन दिन देखि बाँकेसहित देशभरका डाक्टरहरु आन्दोलनमा छन् । डाक्टरहरुको आन्दोलनका कारण आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीको विजोग भएको छ । सरकारले उक्त निर्णय नसच्चाएसम्म आन्दोलन नरोकिने संघका भेरी अध्यक्ष रमेश श्रेष्ठले वताएका छन ।

तपाईको प्रतिक्रिया