काठमाडौं । चर्चित गायिका तथा नेतृ कोमल वली कमल थापाको राप्रपा छोडेर एमालेमा प्रवेश गर्ने भएकी छिन् । कोमललाई उनकै गृह जिल्ला दाङको घोराहीमा आयोजीत कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

पार्टी अध्यक्ष केपी शर्मा झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका वलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित वली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

अर्की चर्चित नायिका रेखा थापालाई समेत राप्रपा प्रवेश गराएकी कोमल राप्रपासँग असन्तुट बनेसँगै रेखा राप्रपा प्रजातान्तिकमा लागीन् भने कोमल एमालेमा प्रवेश गर्न लागेकी हुन् । उनी प्रदेशको चुनावमा गहृजिल्लाबाट सांसद लड्ने कुरा समेत चर्चामा छ ।

तपाईको प्रतिक्रिया