काठमाडौं – जो व्यक्ति धेरै खान्छ, उसलाई दुनियाँमा खन्चुवाका नामले मजाक उँडाउने गरिन्छ । तर, कहिल्यै सोच्नुभएको छ, संसारमै सबैभन्दा बढी खाने जीव कुन होला ? यसको जवाफ हो, ब्लु ह्वेल ।

ब्लु ह्वेल संसारकै सबैभन्दा ठूलो जनावर हो । यसले हरेक दिन चार टन खाना खान्छ । ह्वेलको यो प्रजातिले दैनिक क्रिल नामको करिब चार करोड समुद्री जीवलाई आफ्नो आहार बनाउँछ । यति धेरै खाना अरू कुनै जीवले खाँदैन ।

तर, ह्वेल मात्रै धेरै खाने जीव भने होइन । अफ्रिकी हात्तीले पनि धेरै खान्छ । दक्षिण अफ्रिकाका हात्ती विशेषज्ञ नर्मन ओवेन स्मिथका अनुसार अफ्रिकी हात्तीले हरेक दिन आफ्नो तौलको एक प्रतिशतबराबर सुख्खा खाना खान्छ । एउटा अफ्रिकी हात्तीको औसत तौल ६ हजार किलो हुन्छ । नयाँ पत्रिकाले छापेको छ ।

खानामा पानीको मात्रासमेत जोड्दा उसको तौलको साढे दुई प्रतिशत खाना खान्छ । सो हात्ती हरेक दिन १८ घण्टासम्म आहारको खाजीमा बिताउँछ । चीनमा पाइने जोयन्ट पान्डाले हरेक दिन १४ घण्टासम्म खाने र पिउने गर्छ । उसले हरेक दिन साढे १२ किलो बाँस खान्छ ।

तपाईको प्रतिक्रिया