काठमडौँ । रौतहटका नवनिर्वाचित वडाध्यक्षका छोराको गोली हानी हत्या गरिएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजे गोली हानिएको हो ।

छातीमा गोली लागेपछि उनको घटनास्थालमा नै ज्यान गएको बताइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई बिहान नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया