ताजा खबर :-अर्जुन पौडेल जसले जन्मै देखि यो संसार देख्न सकेनन । सानै देखि बाध्य बाधनमा चासो राख्ने अर्जुनले बच्चै देखि मादल बजाउने, भैलो मा बासुरी बजाउने गरेको देख्दा पनि साथि भाइ , स्कुलको गुरु , आफ्नो बाबा लगाएतले यसै छेत्रमा लाग्न हौसला दिएकै कारणले २०६० साल देखि नियमित बासुरी बजाउन थालेको बताउछन। करिब १० वर्षा अर्थात्  २०७० साल सम्म दोहोरि छेत्रमा बासुरी बजाएको र पछि अर्थात् २०७० साल पछि पुजा आज र भागवतमा नियमित लागेको बताउछन , आफु यो छेत्रमा पुर्णरुपमा सन्तुष्ट भएको समेत बताउने अर्जुन काठमान्डूको बल्खुमा बसो बास गरेर देशको विभिन्न ठाउमा आयोजना हुने कार्यक्रममा बासुरी बजाउदै हिड्ने गर्छन। आफुले यो संसार देख्न नसके पनि शारीरिक रुपमा अशक्त हुने हरुलाई मेहनत गर्नुपर्छ एकदिन अबस्य सफल भइन्छ भनेर हौशला दिने अर्जुन संग निर्देशक बिष्णु भट्टराईले केहि कुरा गरेकाछन। हेरौ यो मर्म स्पर्श बासुरी धुन साथै उनको भनाइ भिडियो सहित।

तपाईको प्रतिक्रिया