ताजा खबर :- फेसबुकमा आफूले नचिनेका साथीको साथी बन्ने प्रस्ताव सख्या ४७ बाट एक बढेछ ।

krishna-p-acharya
कृष्ण प्रसाद आचार्य

फेरि एक अपरिचित नामबाट साथी बनाउन अनुरोध आयो ।म त्यो अनुरोधप्रति कुनै प्रतिक्रिया देखाइन ।

केही दिन त्यो नाम फेसबुककै पर्दामा झुण्डियो ।

आफ्नो सक्कली फोटा नभएकाले पनि म त्यो आग्रह स्वीकार्न बाध्य भइन ।

यसलाई चिनाउने तस्वीर भगवान कृष्णको थियो । मनमनै सोचे यो भगवानप्रति अस्थावान रैछे ।

हो त्यो अनुरोध केटीको नामबाट आएको थियो ।

मनमा द्वन्द्वको हावा चल्यो । कि यो केटीले मलाई प्रभावित पार्न भगवान कृष्णको फोटा राखेकी हो त ?

मनमा यस्तै यस्तै प्रश्नले ठाउं जमाए । धेरै दिन फेसबुकको अपरिचित साथीको सूचीमा झुण्डिएको नामले एक दिन अवसर पायो । म त्यो अनुरोध स्वीकार गरिदिए साथीको संख्या बढ्यो । स्वीकार भएको केही घण्टामै म्यासेज आयो ‘हाई’ म जवाफ फर्काउन बाध्य भए ‘हेल्लो’ संगै अर्काे म्यासेज पनि फालिदिए । ’कन्फियुज भए कि’ चिन्न सकिन नि’ उताको जवाफको पालो कुरे जवाफ आयो ‘होर’ संग अर्काे म्यासेज पनि ‘पिलिज गिभ योर इन्ट्रोडक्सन’ उफ फसाद प¥यो । उसलाई म अलि रुखो उत्तर दिए ‘मेरो फेसबुक प्रोफाइल नै काफि छ मेरो परिचयको लागि’ लगत्तै उत्तर आयो ‘सरी’ म पनि जवाफ तुरुन्तै फर्काए । ‘ह्वाई’ मलाई उ मेरो उत्तर नपुग्दै जवाफ फर्काउंदै छे जस्तै लाग्थ्यो ।

उ धेरै छिटो जवाफ आदानप्रदान गर्थी । जवाफ दिने पालो उसको थियो । जवाफ पठाई म हजुरले भनेर हजुरको परिचय थाहा पाउन चाहान्छु’ उफ् सकिएन लामो सास फेर्दै सोचे केटी कडै परिछे । सोच्दै थिए खोलाको पारि जान खोलामा हाम फाल्नै पर्छ । जवाफको पालो मेरो थियो तर उतैबाट सन्देश आयो । ‘बिजी’ म मेरो पूरा परिचय दिए र अन्त्यमा अर्काे प्रश्न पनि झुण्डयाए ‘एण्ड यू को ?’ जवाफ आयो उ गुल्मी जिल्लाकी केटी रैछे, हाल बुटवल बसेर पढ्ने, वाह ! छिमेकी जिल्ला, अध्यायनको गन्तव्य एउटै ठाउ“ । म केही अड्कल गरे उ मलाई चिनेर पनि नाटक गरिरहेकी छ । उ हामी बस्ने क्षेत्रमै बस्दो रहिछे र एउटै क्याम्पस पढ्ने कुरा निरन्तर चले । उसले मेरो बारेमा धेरै सोध खोज गरी जति मैले उसको बारेमा बुझेको थिए । म उसलाई नढाटी भने । म उसलाई केही ढाट्न पनि सक्थे र उ सजिलै पत्याउन पनि सक्थी तर म केही लुकाइन, एउटा कुरा झुट बोल्न सयौ कुरा परिमार्जित गर्नुपर्ने तलाउमा पौडिन चाहिन किनकि म सम्बन्धमा झुटको खेती मौलाउन दिने पक्षमा थिइन् । तर मलाई शंका थियो यो किन मेरो बारेमा यती धेरै बुझ्न चाहेकी छे ।

कसैको सामु आफ्नो सबै सत्यता खुलाउनु भनेको आफ्नो शिरमाथि तरबार झुण्डयाउनु जत्तिकै खतरा हुन्छ भन्ने मलाई ज्ञान नभएको होइन तर पनि उसंग बोल्दा झुट बोल्ने कोसिसहरु कता लोप भएछन् कुन्नि ं? कुरा सत्यतामै अगाडि बढ्यो तर सोच्नै सकिन के बोल्ने के गर्ने भनेर । पुरै खालि भो मानसपटल शुन्यता छायो । निर्णय गर्न सकिन खुसी हौं या दुःखी हौं भनेर । सत्यतामा जाउ वा उसको विपक्षमा उभिउ भनेर निर्णय लिन गाह्रो प¥यो, उ भने मसंग धेरै नजिकिए जस्तै आभास दसाउर्थी । म उसलाई एउटा प्रश्न तेर्साएर ‘यु आर इन् लव ?’ उसले मन परेको सिम्बोल पठाई । उ पनि सत्य बोलिरहेकी थिई, कस्तो सत्य नबोल्दा पनि नहुने सत्य बोलेर उ हाम्रो सम्बन्धलाई कसिलो बनाउन चाहान्थि ।

फेरि प्रश्न गर्ने पालो उसको परेछ क्यारे प्रश्न गरी ‘हजुर कसैसंग प्रेममा हो र ?’

म उसको प्रश्नको घुमाउरो उत्तर दिए तिमीले यो प्रश्न नसोधेकी भए हुने थियो म झुटो बोल्न नसक्ने मान्छे’ ‘तपाईंको यो कुनै परीक्षा होइन, ढुक्क भएर उत्तर दिनुहोस् उ मेरो बारेमा थाहा पाएर सोधेकी थिई वा कुरा गर्ने सिलसिलालाई रोमाञ्चक बनाउन सोधेकी थिई त्यो मलाई थाहा भएन, म हो भनु कि होइन भनु भनेर उसलाई सोधे, फेरि उसले भनी ‘मलाई के थाहा हजुर झुट नबोल्ने मान्छे’ म ढुक्क भएर उत्तर दिई होइन ।’ उ हासो कि सिम्बोल पढाउंदै थिई उ किन खुसी हुंदै छे मलाई थाहा थिएन । लगत्तै भेट हुने आग्रह गरी त्यतिञ्जेल फोन नम्बर आदानप्रदान भइसकेको थियो । म सह्रस स्वीकार गरे । भेट हुने स्थान बुटवल गोलपार्कको फुल्कीचोक थियो । साइनो फुल्की खाने नाममा तर त्यो ठाउ“ उसको लागि सहज नभएको भन्दै हाम्रो पहिलो भेट दुर्गा मन्दिरको समीपमा भयो प्रत्यक्ष भेट पहिलो भए पनि उ आफ्ना फोटाहरु मलाई पटक–पटक पढाइ दिन्थी । म एक्लै गएको थिए उ आफ्नोसंगै बस्ने साथीसंगै थिई । उफ त्यो मन्दिर समीप पनि उसको त्यति सहज भएन । फेरि एकान्तको बाटो लाग्यौं । वष्र्टन एकेडेमीको समिप कति गाह्रो है मन परेको मान्छेलाई भेट्नु पनि म उसलाई जिस्काउंदै थिए उ मेरो कुरालाई समर्थन गरे जस्तै छोटो उत्तर दिदै थीइ ‘उम्’घडीको सुई हाम्रो विपक्षमा छिटो दौडिए जस्तै लागिरहेको थियो । सांझ ६ बजेको भेटले ८ बजाउनै लागेछ । उनीहरु छुटिने अनुमति माग्दै थिए दाइले गाली गर्नुहुन्छ भन्ने साइनो बनाएर, बहाना बनाएर जाउ भन्ने उपाय दिदै छुट्टिन हात हल्लाए ।
आधुनिक प्रेम, मन मनै कुरा गर्दै कोठासम्म आइपुगे । भविष्यका लागि सम्बन्ध विस्तार गर्न लागि परेकी उ जात फरक थियो । मेरो घर परिवार ले सहस्र स्वीकार गर्ने सम्भावना थिइन त्यो सम्बन्धलाई । त्यसैले पनि म उसको मायाको भावलाई नबुझे जस्तै बाहाना बनाउने बाध्यतामा थिए । तर उ म प्रति भावनात्मक कुरामा निहित भइसकेकी थिई सायद उसलाई म बाट विकेन्द्रित गर्न मेरा केही नराम्रा बानीहरु पनि बताए, तर उ पटक्कै विश्वास गर्दैनथी म कहिलेकाही साथीहरुसंग भएको बेला रक्सी पिउछ, नि । फेरि कुरा हल्का मोडे जस्तै गरे, पिउनका लागि मात्र हो यसको साहारा लिएर जिउने आदात चै छैन है । कुरा यस्तै गर्दै अगाडि बढ्दै थियो । एक दिन उ अचानक म हजुरको असल साथी बन्छु भन्ने सन्देश दिई । वाह! साच्ची मेरो मनको कुरा बुझिछे धन्यवाद भने मन मन । तपाईंको निम्ति म पागल जस्तै बनेकी छु तर अब म आफूलाई सम्हाल्ने कोसिस गर्छु किनकि म तपाईंको बाध्यता र व्यवहार दुवै बुझे तपाईं परिवारको खुसी चाहानु हुन्थ्यो, म मेरो खुसी चाहान्थे, म भौतिक शरीरलाई प्रेम गर्दिन हजुरको चरित्रलाई सम्मान पनि गर्छु ।

अब मलाई आ“सु दिनु हुन्छ कि हा“सो । उनी बिलौना गर्थिन् । उनको त्यो अवरोध देखेर मलाई असहज थियो । बाहिर बाहिर माया गर्छु भनेर मात्र हु“दैन । जब भित्र भित्र जीवनका बाध्यताहरु अनेक छन् । क्षणिक आकर्षणको आक्रमणबाट ब “च्नको लागि म तिनलाई कति सम्झाउ“थे र उसको शैक्षिक यात्रा र भविष्यप्रति उसलाई म पटक–पटक राम्रोसंग पढ्न आग्रह गर्थे तर उ पटक्कै रुचाउन छाडेकी थिई ती मेरा सल्लाहरुपी शब्दहरु खाली पढ् पढ् भन्नी भन्दै झर्काे मान्थी कसैलाई सल्लाह दिनु त्यति सहज थिएन । उसलाई दिने सल्लाहहरु बन्दुकबाट निस्किएको गोलीले दिने पीडा भन्दा बढी भए जस्तै गर्थी । तर के थाहा उसलाई त्यो गोलीले दिशाबोध गरिरहेको छ भन्ने । आज भोलि उ मसंग खासै कुरा गर्न रुचाउंदैन् गरी हाले पनि झगडात्मक कुरा मात्र निकाल्छे त्यो मुखबाट । हो आज भोलि उ त्यो फेसबुकबाट पनि हराउंदै छे । आफैलाई हम्मे–हम्मे पर्छ त्यो च्याट लिष्टमा भेट्न गाह्रो पर्छ । हो उ त्यो सम्बन्धको सुरुवात गरेको फेसबुकबाट टाढा हुंदैछे हराउंदै छे । उ त्यो फेसबुकको पहिलो सूचीबाट पुरै लोप हँदै  छे फेरि भेटाउन मलाई कठिन पर्दैछ ।

तपाईको प्रतिक्रिया