एजेन्सी । भारतीय चलचित्र ‘गोलमाल अगेन’को ट्रेलर सार्वजनिक भएको छ। रोहित शेट्टी निर्देशित एक्सन कमेडी फिल्म गोलमाल अगेन तिहारलाई लक्षित गरि २० अक्टोबरमा प्रदर्शन हुने तयारीमा रहेको छ।

अजय देवगण, तब्बु, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको अभिनयन रहेको फिल्मको ट्रेलर निकै कमेडी रुपमा प्रस्तुत गरिएको छ।

यसअघि फिल्म गोलमालको ३ वटा भाग बक्स अफिसमा सुपरहिट भएका छन्।

तपाईको प्रतिक्रिया