एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर र पाकिस्तानी अभिनेत्री माहिरा खानको सँगै चुरोट खाएको तस्वीर सार्वजनिक भएपछि यि दुईका बिचमा विभिन्न टिका टिप्पणी सुरु भएका बेला रणबीरले भने दुखेको पोखेका छन् ।

उनीहरुको सँगै बसेर चुरोट खाएको तस्वीर भारत र पाकिस्तान लगायतका देशमा निकै भाइरल बनिरहेका बेला रणबीर कपूरले भने यस विषयमा एक विज्ञप्ति जारी गर्दै भनेका छन् जुन तरिकाले माहिरालाई मानिसहरु बुझिरहेका छन् र गाली गरिरहेका छन् यो निकै गलत हो। अझ उनी महिला भएको कारण यस्तो असमान तुलना गर्नु निकै दुखको कुरा हो।’

 

तपाईको प्रतिक्रिया