ताजाखबर,काठमाडौँ । युवापूतामाझ चर्चित गायिका हुन् निक्की कार्की । खासगरी युट्युबमार्फत चर्चामा आएकी लामो समयदेखि परिवार सहित अमेरिकामा बन्दै आएकी गायिका कार्कीले आँफुमाथी यौन दुर्व्यवहार भएको भन्दै सम्बन्धित निकाएमा इमेल मार्फत निबेदन बुझाएको २ साताभन्दा बढी समय बित्दा पनि कुनै कारवाही नगरिएपछि उनले फेसबुक लाइभ मार्फत यो कुरा खुलासा गरेकी छिन् ।

गायिका निक्कीलाई यौन दुब्र्यबहार गर्न खोज्ने ब्यीक्त हुन् उनलाई कार्यक्रममा बोलाउने आयोजक सस्था(नासिया ९नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका० का वर्तमान पदाधिकारी रहेका सुशिल नेपाल ।

फेसबुक लाइभमा नेपालले गायिका निक्की कार्कीलाई एयरपोर्ट देखी कार्यक्रम स्थल भित्र समेत पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको ब्यहोरा युवा गायिका निक्कीले फेसबुक लाईभ मार्फत सार्वजनिक खुलासा गरेकी छिन् ।

आफु प्रति दुर्व्यवहार भएको बारेमा कार्यक्रमका दौरान उपस्थित एक महिलालाई समेत निक्कीले जानकारी गराएको र आफु प्रति दुर्ब्यवहार भएको भनी बिहान सबेरै प्रहरीलाई बोलाएको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छ्न्। उनले भाग्यले गर्दा उक्त रात नेपालबाट बलात्कृत हुनबाट बचेको समेत बताएकी छिन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया