भक्तपुर, ८ असोज- भक्तपुर नगरपालिका–१० वन्टीमा आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

ना२च २७४४ नंको टाटा मोबाइलमा बा३७प २३०२ नंको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भई बा७८प २२६४ नंको स्कुटरमा ठोक्ँिकदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० भोलाछेंँका १९ वर्षीय सर्जन सैँजूको मृत्यु भएको हो । उहाँको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा भक्तपुर नगरपालिका–८ का १७ वर्षीय सबिन फसिकवा, स्कुटरमा सवार भक्तपुर भोलाछेँकी १९ वर्षीया टीना जति र भक्तपुर–७ इनाचोका राहुल शाक्य घाइते भएका छन् । घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया