काठमाडौं । नेपाल आइडलमा फस्ट रनर अपको उपाधि जितेका मोरङका निशान भट्टराईले आफ्नो प्रतिस्पर्धा बल्ल सुरु भएको बताएका छन् । शुक्रबार कतारको दोहामा सम्पन्न नेपाल आइडलबाट फस्र्ट रनर अपको उपाधि जितेपछि पहिलो पटक बोलेका उनले यो उपाधि जितेपछि आफू खुशीले निःशब्द भएको बताएका छन् ।

उनले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै भनेका छन् म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रती ऋणाी छु । निशानले नेपाल आइडलको उपाधि नजिते पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् ।

उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप उपाधिसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया