काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ओगट्न सफल नेकपा एमाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भने निकै नै नाजुक अवस्थामा पुगेको छ । यही समयमा राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेका प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइतवार केन्द्रीय कार्यालयमै बेग आफ्ना सहयोगीसहित एमाले प्रवेश गरेका हुन् ।

बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् । ओलीले मधेशमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको घोषित अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा हारिएको भन्दै हार स्विकार्न भने भ्याए ।

तपाईको प्रतिक्रिया