एजेन्सी । अमेरिकामा एउटा यस्तो अस्पताल छ जहाँ बच्चाहरु जन्मिँदा बित्तिकै ग्रेजुएट हुन्छन् ।

अमेरिकाको केरोमन्ट रिजनल मेडिकल सेन्टरमा जब समय अगावै जन्मिएका बच्चाहरु स्वस्थ भएर आइसियूबाट आफ्नो घर जान्छन् तब अस्पतालका पूरा कर्मचारी जममा भएर ती बच्चाहरुले नयाँ जीवन पाएको खुसीमा र आमा–बुवालाई राम्रो महसुस गराउनका लागि ग्रेजुएशन सेरेमनीको आयोजना गर्ने गरेको सिएनएनले उल्लेख गरेको छ ।

सिएनएनका अनुसार उक्त अस्पतालमा बच्चा जन्माउन पुग्ने गरेका आमा–बुवाको मनबाट डर निकाल्नका लागि र उनीहरुलाई खुसी गराउनका लागि उक्त अस्पतालले नवजात शिशुका लागि रमाइलो कार्यक्रमको अस्पताल प्रशासनले नै गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया