एजेन्सी । मेलबर्नमा बस्ने शेरोन जेबर स्कूल पढ्दा नै एक सन्तानकी आमा बनेकी थिइन् । १५ वर्षको उमेरमा गर्भवती भएपछि मानिसहरुको विभिन्न टिका–टिप्पणी सुन्नु पर्यो । उनका परिवारका सदस्यले गर्भपतनका लागि निकै दबाब दिएका थिएपनि उनले आफ्नो सुर छाडिनन् ।

छोरी सिमोनको जन्मपछि उनको क्यारेक्टरमाथि नै प्रश्न उठ्यो । तर उनका प्रेमी रेमसेले उनको साथ कहिल्यै छोडेनन् ।

यो जोडीले ६ सन्तानलाई जन्म दिएपछि सन् २०११ मा विवाह गरे । विवाह पछि पनि उनीहरुका दुई बच्चासहित यो जोडीका आठ सन्तान छन् । अहिले यो जोडी आफ्नो अनलाइन बिजनेसका कारण विश्वचर्चित बनेको छ ।

तपाईको प्रतिक्रिया