काठमाडौँ । दुई महिनादेखी अस्पतालमै सिकिस्त जीवन बाँच्न बाध्य विराटनगर महानगरकी २५ वर्षीया सञ्जु साहले छोरालाई त जन्म दिइन् तर छोरालाई दुध चुसाउन नपाउँदै छोराको मृत्यु भयो । व्यथाले च्यापेपछि श्रीमान पवनसँगै सुत्केरी गराउन नोबेल अस्पताल पुगेकी सञ्जु सिकिस्त बनेपछि आइसियुमा राखियो । तर, अझैसम्म आमा सञ्जुको अबस्था उस्तै छ । उनका पती पवनले उपचारका क्रममा चिकित्सकले गम्भिर लार्पाबाही गरेको आरोप लगाएका छन् । ‘छोरा जन्मे पछि आमालाई झन्झन् साह्रो हुन थाल्यो । कम तौलको बच्चा जन्मिएको भन्दै चिकित्सकले एनआइसियूमा बच्चा भर्ना गरिदिए, छोराको पनि २१ दिनका दिन मृत्यू भयो आमाको हालत झन् झन् बिग्रदो अवस्थामा पुगेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया