वीरगन्ज । बहुप्रतिक्षित वीरगन्ज महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको प्रतिस्पर्धा निक्कै रोमानञ्चक मोडमा पुगेको छ ।

तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको वीरगंजमा महानगरको मेयरमा मतगणना शुरु भए देखि नै मेयरमा अग्रता लिइरहेको काँग्रेसलार्इ शनिवार साँझदेखि फोरम नेपालले अग्रता लिएपछि निकै नै रोमाञ्चक बनेको हो ।

आइतबार विहान ४५२२३ मत गन्दा पुन संघीय समाजवादी फोरम नेपाल अगाडि आएको छ । पछिल्लो मत परिणाम अनुसार समाजवादी फोरमले मेयर पदमा ९९४६ मत पाएर अग्र स्थानमा आएको छ । यसैगरी फोरमले उपमेयरमा ९२६९ मत पाएको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसले मेयर पदमा ९८२८ र उपमेयरमा ११२७५ मत प्राप्त गरेको छ । यसैगरी राजपाले मेयरमा ६९३९ मत प्राप्त गरेको छ भने उपमेयरमा ६०४९ मत ल्याएको छ ।

तपाईको प्रतिक्रिया