काठमाडौं – गत हप्ता नयाँ फिल्म ‘लिलिबिली’ निर्माण हुने घोषणा गरियो । फिल्ममा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य अभिनय रहनेछ । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । सुदीप खड्का निर्माता रहेको फिल्मको निर्माणमा वितरक गोविन्द शाहीले पनि सहकार्य गर्दै छन् ।

सबै हिसाबले ‘लिलिबिली’ चर्चायोग्य र अपेक्षायोग्य फिल्म हो । तर, फिल्मको घोषणा समारोहमा निर्माण टोलीले एउटा स्क्यान्डल गर्न खोज्दा त्यो नकारात्मक चर्चामा बदलिन पुग्यो । निर्माण टोलीले कलाकार प्रदीप खड्कालाई कार्यक्रमस्थलमा चारजना बडीगार्डसहित प्रवेश गरायो । त्यसले गर्दा प्रदीप र फिल्म युनिट नै व्यंग्यको सिकार बने । नयाँ पत्रिकाले छापेको छ ।


कार्यक्रम सकिएपछि फिल्म पत्रकार र अरूले पनि सामाजिक सञ्जालहरूमा ‘लिलिबिली’ टोलीको खिल्ली उडाए । फिल्मको नाम ‘बडीगार्ड’ राख्नुपर्नेसमेत केहीले सुझाए । चौतर्फी आलोचना भएपछि प्रदीपले बडीगार्डवाला स्टन्टबारे आफूलाई सुरुमा केही नबताइएको खुलासा गर्न बाध्य भए ।

तपाईको प्रतिक्रिया