बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् ।

बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो ।

शनिबार विहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जानेक्रममा हर्षाहाटो लमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
समान्य विवाद झडपमा परिणत भएको थियो ।

बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।, यो खबर आजको नागरिकमा छ ।
एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समुहगत छलफलमा टोली नेताहरुले तीन प्रकारको धारणा ब्यक्त गरेका हुन् ।

अध्यक्षलाई प्रधानमन्त्री बनाए जाने, अध्यक्षलाई प्रधानमन्त्रीमात्रै नभएर सबै प्रदेशका मुख्यमन्त्तीसमेत तोकेर चुनावमा जानु पर्ने र नेतृत्व तोकेर जाँदा चुनाव परिणाम प्रत्यापादक हुने भन्ने तीन प्रकारको धारणा आएको छ, एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, सबै समुहका नेताहरुले प्रतिवेदनमाथि छलफल गर्दा तीन प्रकारका धारणा आएको जानकारी गराउनुभएको छ ।, यो खबर आजको नागरिकमा छ ।

तपाईको प्रतिक्रिया