ताजा खबर :- गाउँघरमा सबै मिली लिङ्गे पिङ् बाट्नु,नव दुर्गा थापिकन घोर्ले खसि काट्नु।हजूर यस्तै मार्मिक शब्दहरुले सजिएको यसपालिको दशैं गीत आमा लगाउनु टिका चर्चित गायक रेशम थापा र लोकप्रिय गायिका बर्षा सिलवालको दशैं गीत भर्खरै सार्वजनिक भएको छ । रेशम थापा र बर्षा सिलवालको निकैनै मिठो गीतमा लय / शब्द भने गायक रेशम थापाको रहेको छ।
एक्सन फिल्मस प्रा ली को प्रस्तुति रहेको उक्त गीतको भिडियो निर्देशन दुर्गा श्रेष्ठले गरेका हुन भने चर्चित छायांकन तथा सम्पादन युबराज खत्री ले गरेका छन। गायिका बर्षा सिलवाल / रेलकुमार लामा / कृष्ण सिलवाल / लक्ष्मी लगाएत सम्पूर्ण सिलवाल परिवारको जोड़दार अभिनय रहेको छ। थुप्रै गीतहरु बाट निकै नै चर्चा बटुल्न सफल गायिका बर्षा यो गीतबाट निकै नै सफलता मिल्ने हामीलाई बताउनु भयो।
हेर्नुहोस उक्त भिडियो

तपाईको प्रतिक्रिया