पर्सा, ७ असोज – पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उम्मेदवार रामप्रित महतो र उषा चौधरी विजयी हुनुभएको हो ।

अन्तिम परिणामअनुसार एमालेका महतोले दुई हजार ९५९ मत हासिल गरी अध्यक्षमा विजयी हुनुभयो । उपाध्यक्ष पदमा चौधरीले दुई हजार ५५३ मत हासिल गरी विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया