काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीको जित रोकिए परिवर्तन रोकिने’ भन्दै ‘माओवादीको विजययात्रा कसैले रोक्न नसक्ने’ बताएका छन् ।

यसै बिच उनले नेकपा एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिने’ भन्दै उनले ‘एमालेको खोक्रो राष्ट्रवादलाई जनताले चिरिदिएको’ बताएका छन् ।प्रदेश नम्बर–२ को निर्वाचनले माओवादीले उकालोको पथ तय गरेको’ बताउदै अब माओवादीको जित नरोकिने बताएका हुन् ।

तपाईको प्रतिक्रिया