काठमाडौँ । बाघले तर्साएपछि हृदयघातका कारण एक दर्जन बाँदरको एकसाथ मृत्यु भएको छ । यो घटना हो भारतको । जगंलमा एक सुरमा बसीरहेका बाँदरको हुलमाथी बाघले एक्कासी गर्जिदै आक्रमण गरेपछि बाँदरको मृत्यु भएको पशु चिकित्सकको दाबी छ ।

बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएपछि घटना बाहिरिएको थियो ।

उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियाले जनाएको छ । सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया