ताजा खबर :- पोखराका २१ बर्षिय बुद्ध लामा पहिलो नेपाल आईडलको बिजेता बन्न सफल भएका छन् । कतारको दोहामा भएको फिनालेमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुबाट सबैभन्दा बढी भोट पाएर बुद्ध लामा बिजेता बनेका हुन् । उनका प्रतिस्पर्धीहरु निशान भट्टराई र प्रताप दास क्रमश फस्र्ट र सेकेन्ड रनरअप भएका छन् ।

नेपाल आईडलको बिजेता बने सँगै बुद्ध लामाले महिन्द्रा केयूभी १०० गाडी, २० लाख रुपैयाँ, र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । त्यस्तै फस्र्ट रनरअप निशान भट्टराईले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पहिलो नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहा स्थित एशियन टाउन एम्पिथिएटर ग्रायण्ड मल सनायमा निर्धारित समय भन्दा केही ढिलो सुरु भएको थियो। उक्त ग्राण्ड फिनाले कार्यक्रममा नेपालबाट चर्चित गायक गायिकालगायत आइडलको टप १२ सम्म पुग्न सफल १२ जना प्रतिस्पर्धि लगायत चर्चित गायक, गायिका तथा कलाकारहरु ले उपस्थित दर्शकहरु लाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
बुद्ध लामालाई राजेश पायल राईको यस्तो सन्देश (भिडियो)

तपाईको प्रतिक्रिया