एजेन्सी -उत्तर कोरियाले फेरि अर्को परमाणु बम परीक्षण गरेको छ ।अमेरिकालाई फेरि प्रशान्त महासागरमा अझै शक्तिशाली परमाणु बम परीक्षण गर्ने धम्की दिएको भोलिपल्टै उत्तर कोरियाले अर्को परमाणु बम परीक्षण गरेको हो ।

यसै बिच आज उत्तर कोरियामा ३.४ रेक्टर स्केलको भूकम्प रेकर्ड गरिएको छ ।परमाणु बम परीक्षण गरिएकै कारण भूकम्प गएको अनुमान गरिएको छ ।

यद्यपि आज गरेको परमाणु बम परिक्षण कुन क्षेत्रमा परीक्षण गरिएको हो भन्ने खुल्न नसकेको बताइएको छ ।उत्तर कोरियाले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

 

 

तपाईको प्रतिक्रिया