काठमाडौं । कतारमा प्रथम नेपाल आइडलको फाइनलमा टप थ्रिका प्रतिस्पर्धी प्रताप दासले मै नाचे छमछमी गाउन थाले त्यसपछि दर्शक पनि उनले गाएको तालमा छमछमी नाच्न थालेको माहोल निकै नै हेर्न लायक थियो ।

प्रतियोतामा तेस्रो बनेर १० लाख रुपैयाँ प्राप्त गरेका प्रताप खुशी नै देखिन्थे । गएराती अबेर कतारमा सम्पन्न नेपाल आइडलको फाइनलमा प्रतापले १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएका प्रताप दास तेश्रो भए ।

प्रतियोगीतामा पहिलो बन्न सफल बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए । त्यस्तै निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाएर दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया