ताजा खबर :- नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले अन्नपूर्ण होटेलमा आयोजित वार्षिकोत्सव समारोहमा आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस युनिभर्स नेपाल घोषणा गरिएको छ । उनलाई राजधानीको अन्नपूर्ण होटेलमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिदै मिस युनिभर्स नेपाल घोषणा गरेका हुन् ।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ । जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जानेछिन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन् ।

पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जादैछुु नग्माले भनिन ‘यहाहरूको विश्वास र जिम्मेवारी भुलेको छैन मैले’ नग्माले बोल्दै गर्दा केहि भावुक पनि भइन् साथै उपस्थित प्रति आभार व्यक्त गर्दै आफुलाई सदैव सत मार्ग देखाउनेलाई धन्यवाद पनि दिईन् ।

पछिल्लो समय सन् २०१७ को मिस नेपाल आयोजना गरेसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका लग्नेछिन् ।

तपाईको प्रतिक्रिया