एजेन्सी । सन्तानको मायाका लागी आमाले मृत्युवरणसम्म गर्न पछि पर्दिनन् । यस्तै भएको छ भारतमा । भारतको रेवाडीकी ३० वर्षीया सरिताले श्रीमान् र उनका परिवारको घरेलु हिंसा सहन नसकेर ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालेर आत्महत्या गरेकी छिन् । पेशाले शिक्षिका रहेकी सरिताले महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् ।

सरिताले आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर नहरमा हाम्फालेर प्राण त्यागेको तस्विर विश्वभर भाइरल भइरहेको छ । आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

सरिताका माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएर प्रहरीमा उजुरी दिएका छन् । उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । सरिताले आँफुले मात्रै प्राण त्यागे छोरीले दुख पाउने भन्दै एकसाथ आत्महत्या गर्न बाध्य बनाएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया